गार्डियन माइक्रो लाइफ शाखा विस्तारमा आक्रामक बन्दै, चितवनको भरतपुरमा पाँचौ शाखा उद्घाटन

२३ आश्विन २०८०, मंगलवार १३:४०

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तारमा आक्रामक रुपमा प्रस्तुत भएको छ । कम्पनीले आज चितवनको भरतपुरमा आफ्नो पाँचौ शाखा कार्यालय विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चिरायु भण्डारी, प्रमख अतिति भरतपुर महानगरपालिकाका उप–मेयर चित्रसेन अधिकारी र विशेष अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले गरेका हुन् ।

May be an image of 7 people and lighting

कार्यक्रममा चितवन यातायात व्यवसायी सघंका उपाध्यक्ष कमल तिवारी, नेपाल इन्स्योरेन्स प्रोफेस्नल सोसाइटी चितवनको अध्यक्ष भरत मल्ल, प्रजातान्त्रिक फार्मेसी सघंका केन्द्रीय अध्यक्ष सुदिपराज सुवेदीलगायतको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*