बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२३ आश्विन २०८०, मंगलवार १७:००

काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा कैद सहित जरिवाना तोकीएपछि फरार रहेका प्रतिवादी राजु थापा पक्राउ परेका छन् ।

तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय थापालाई गत असार ३ गते उच्च अदालत पाटनबाट ५ लाख बिगो, ५ लाख जरिवाना, र क्षतिपूर्ति बापत २० हजार रुपैयाँ राहत कोषमा जम्मा गराई दुई दिन कैद हुन ठहर गरिएको थियो ।

त्यसलगत्तै फरार रहेका उनलाई सोमबार काठमाडौँको बल्खुबाट पक्राउ गरिएको हो । उनलाई कैद भुक्तान तथा फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*