साविक प्रभु र महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?

२५ आश्विन २०८०, बिहीबार १०:२८

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरण स्वीकृत भएसँगै साविकको प्रभु र महालक्ष्मी लाइफ कम्पनीले नयाँ बोनशदर घोषणा गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको असोज २३ गतेको पत्र मार्फत स्वीकृत भएको हो ।

कम्पनीमा २०७८ अषाढ मसान्तसम्ममा जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

साविकको प्रभु लाइफ इन्स्योरेन्स

कम्पनीले सावधिक (सम्बृद्ध) बीमालेख योजनामा न्युनतम ३३ हजार रुपैयाँदेखि अधिकतम ७० हजार रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । यसका साथै, कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ३५ हजार रुपैयाँदेखि अधिकतम ५१ हजार रुपैयाँसम्म बोनस घोषणा गरेको छ ।

त्यस्तै, सावधिक सम्बृद्ध (एकल भुक्तानी) बीमा योजनामा कम्पनीले न्युनतम ३३ हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म घोषणा गरेको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ३५ हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म र बार्षिक अग्रिम भुक्तानी भुक्तानी सावधिक बीमा योजनामा २० हजार रुपैयाँदेखि २४ हजार रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स

कम्पनीले महालक्ष्मी सावधिक बीमा योजनामा ४५ हजार रुपैयाँदेखि ५२ हजार रुपैयाँसम्म बोनस घोषणा गरेको छ । यसका साथै, महालक्ष्मी सरल जीवन बीमा योजनामा ५० देखि ५१ हजार रुपैयाँ बोनस घोषणा गरेको छ ।

त्यस्तै, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा कम्पनीले न्युनतम ५० देखि ५१ हजार रुपैयाँ, महालक्ष्मी बाल बचत कम्पनीले बीमा योजनामा ३० हजार रुपैयाँदेखि ३७ हजार रुपैयाँसम्म, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनानमा ३५ हजार रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ३२ हजार रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*