विद्यालयको विकासमा पूर्व मुख्यमन्त्री भट्टको प्रतिवद्धता

काठमाडौं । डोटी जिल्लाका अग्रणी विद्यालयहरुमध्ये केआईसिंह गाउँपालिका वडा नंम्बर ४ मा रहेको श्री झिमे मालिका माध्यमिक विद्यालय गाउँपालिकाकै सबभन्दा जेठो तथा अग्रणी शैक्षिक धरोहरका रुपमा रहेको तथा वि सं २०१४ साल फागुन २ गते प्राथमिक विद्यालय, २०३७ सालमा माध्यमिक विद्यालय, २०६५ सालमा उच्च माध्यमपक विद्यालय तथा २०७७ सालबाट प्राविक धारतर्फ प्रिडिप्लोमा बाली विज्ञान सञ्चालन गरिरहेको प्रमुख विद्यालय हो ।
यस क्षेत्रमा भएको विभिन्न राजनीतिक दाउपेचको कारणले विद्यालयले शैक्षिक स्तरमा सुधारको प्रयास गरेतापनि अपेक्षित भौतिक प्रगति गर्न सकेको थिएन । यसै पक्षलाई मध्यनजर गर्दै सुदुर पश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा यसै गाउँपालिकाको वडा नं। ६ स्थायी बसोवास भएका त्रिलोचन भट्टको पहलमा पहिलो चरणमा विद्यालय भवनको पहिलो तला निर्माणका लागि तत्कालिन सुदूर पश्चिम प्रदेश सरकारबाट असी लाख विनियोजित भएको थियो भने सामाजिक मन्त्रालयबाट तीन तलाको विद्यालय भवनको इस्टिमेट निर्माण गर्न लगाई ठेकापट्टाको माध्यमबाट काम शुरु गराइको थियो ।
यसै भवनको निर्माणको अवस्थावारे जानकारी लिने क्रममा पूर्व मुख्यमन्त्रीले विद्यालयमा गई भवन निर्माणको अनुगमन गरेका छन् । हाल यस भवनको भूइँतलाको निर्माण कार्य सम्पन्न हुने क्रममा छ भने प्रदेश सरकार परिवर्तन भएसँगै माथिल्लो थप दुई तलाको निर्माणका लागि प्रदेश सरकारबाट कुनै थप बजेट विनियोजन हुन सकेको छैन ।
यसका साथै उनले विद्यालयका प्रधानाध्यापक नर ब हादुर कार्की र बिब्यस अध्यक्ष तारासाथ भट्टसँग विद्यालयको समसामयिक अवस्था, समस्या र आगामी कार्ययोजनाबारे छलफल गरेका थिए । विद्यालयले प्राविधिक धार तर्फ
कक्षा ९(१२ पशु विज्ञान तथा बहुमुखी क्यापसको स्थापनाका लागि भौतिक पूर्वाधार विकास, आवश्यक आर्थिक सहयोग तथा पहल गरिदिन विद्यालयले अनुरोध गरेको थियो ।
उनले विद्यालयलाई बहुमुखी क्याम्पस तथा ९(१२ प्राविधिक धार सञ्चालनका लागि सक्दो भौतिक, आर्थिक, शैक्षिक विकासका लागि सहयोग साथै विद्यालय भवनको थप दुई तला निर्माणकालागि समेत पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।