लगातार घट्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१५ आश्विन २०८०, सोमबार १०:५६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय र चाँदीको तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाली सुनचाँदीको महासँघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख सात हजार नौ सय र तेजावी सुनको मूल्य एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन (आईतबार) नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर एक लाख आठ हजार र तेजावी सुनको मूल्य एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*