समाज लघुवित्तमा कर्मचारी आवश्यकता
१५ आश्विन २०८०, सोमबार ११:५८

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ जना कर्मचारीका लागि आवेदन खुलाएको छ ।
लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत व्यवस्थापन पदको अधिकृत श्रेणीमा ५ जना, शाखा प्रबन्धक पदको सहायक श्रेणीमा ५ जना र सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको सहायक श्रेणीमा १० जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन योग्य तथा इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।













