धितोपत्र बोर्डद्धारा च्याटबट सञ्चालनमा

नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ ।
सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त च्याटबटको सुरूवात गरे । उक्त च्याटबटले लगानीकर्ताको जिज्ञासा र गुनासो राख्ने सहज प्लाटर्फम सुरू भएको बताए ।
लगानीका नयाँ-नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’
अहिलेलाई अंग्रेजीबाट मात्र प्रश्न सोध्न सकिनेछ । क्रमशः नेपाली भाषामा पनि प्रश्न सोध्न सकिने प्रणालीको विकास गरिने बोर्डले जनाएको छ ।आँखा देख्न समस्या भएका मानिसलाई समेत च्याटबटबाट ठूलो सहयोग पुग्ने बोर्डको विश्वास छ । आउँदा दिनमा यसमा परिमार्जन गरिने बोर्डले जनाएको छ ।












