बझाङमा लगातार दुई भुकम्प, ५.५ रेक्टरस्केलको धक्काले काठमाडौंसम्म हल्लियो

१६ आश्विन २०८०, मंगलवार १५:३१

काठमाडौं । आज अपरान्ह सुदुरपश्चिमको बझाङमा लगातार र्दुइ पटक भुकम्प गएको छ । प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार बझाङमा गएको ५.५ रेक्टरस्केलको भुकम्पको धक्काको महसुस काठमाडौंसम्म गरिएको छ ।

भारतीय सिस्मोका अनुसार अपरान्ह ३ः०६ बजे बझाङ जिल्लाका भत्केखेला नजिकै ५.५ रेक्टरस्केलको भुकम्प गएको हो । आजै विहान चीनको तिब्बतमा पनि भुकम्प गएको थियो । भुकम्पले सुदूरपश्चिमका डोटी, अछाम, बाजुरा लगायतका क्षेत्रको भौतिक संरचनामा क्षति पुर्याएको छ ।

त्यस्तै, आजै १४ः४० बजे बझाङ जिल्लाको खप्तड नेशनल पार्क नजिकै भुकम्प गएको छ । सो भुकम्प ५.५ रेक्टर स्केलको रहेको छ । सो भुकम्पको धक्काले नेपाल चीनको सीमा क्षेत्रमा बढि हल्लाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*