रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै अनशन बसिन् भारती

१७ आश्विन २०८०, बुधबार १३:४३

काठमाडौं । आफ्नो श्रीमान चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई सरकारले दिएको आममाफीको विरोध गर्दै भारती मानन्धरले अनशन सुरु गरेकी छिन् ।

वि.सं. २०७२ असार २८ गते नेपालगञ्जको व्यस्त सहरमा दिउँसै चेतन मानन्धरलाई खुडा प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि रिगल कारागारमुक्त भएका छन् ।

आफ्नो श्रीमानको हत्यारा कारागारमा छ भन्दा आफुलाई केही राहत महसुस हुने गरेतापनि राष्ट्रपतिले दिएको आममाफीले पीडा पुनः दोहोरिएको उनको आरोप छ । उनले रिगललाई पुनः जेल पठाउनुपर्ने माग राख्दै कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वाेच्चमा रिटसमेत दायर गरेकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*