पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टले मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’ मा सहयोग गर्ने

१९ आश्विन २०८०, शुक्रबार १७:२१

काठमाडौं । यही डिसेम्बर २०२३ मा भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा वृज सिमेन्टले सहयोग गर्ने भएको हो ।

‘ब्यूटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको छ ।

प्रियंकारानी जोशी आफ्नो ‘ब्यूटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहने भएकी हुन् ।

सो क्षेत्रका महिलाहरूको आर्थिक विकास र प्रगतिलाई टेवा दिन प्रियंकारानी जोशीको उपरदाङगढीमा बिजुली ल्याउने, सामुदायिक भवन निर्माण गर्ने, स्थानीय विद्यालयको जीर्णोद्धार गर्ने लगायतका कार्यहरुमा पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टले संयुक्त रुपमा वृज सिमेन्ट प्रदान गर्ने घोषणा गरेको हो ।

केडिया अर्गनाईजेसन अन्तर्गतको संस्था वृज सिमेन्ट विगत लामो समयदेखि नेपाली बजारमा आफ्नो उत्पादन तथा सेवाको लागि परिचित रहेको छ ।

पुष्पतारा केडिया सेवा फाउण्डेशनले विभिन्न क्षेत्रहरूमा क्रियाशिल सामाजिक संघसंस्थालाई आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न परियोजनाहरूका लागि सहायता प्रदान गर्दै आइरहेको छ । पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*