दशैं, तिहार लक्षित सुपथ मूल्यका पसल खुले, मंसिर ३ गतेसम्म चल्ने

२१ आश्विन २०८०, आईतवार १०:३७

काठमाडौं । सरकारले दशैं, तिहार, छठलगायत ठूला चाडमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबार (आज)देखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म चल्नेछन् ।

उपभोक्ता हितलाई ध्यानमा राखेर अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले जनाएको छ ।

चाडबाडको समय बजारमा निजी क्षेत्रको एकाधिकार चल्न नदिन सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । सरकारी स्वामित्व रहेका कम्पनीका काठमाडौं उपत्यकामा रहेका विक्रि केन्द्र र घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यका पसल चल्नेछन् ।

खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने छ भने साल्ट ट्रेडिङले काठमाडौ्ंको सतुंगल, कालिमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*