३३२ स्थानीय तहले तिरेनन् विजुलीको बिल, ‘बालेन’कै महानगरको डेढ अर्ब बढी बक्यौता

२१ आश्विन २०८०, आईतवार ११:२०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिद्युत महसुल नतिर्ने ३३२ स्थानीय तहको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडक बत्तिको विद्युत महसुल बुझाउन आग्रह गरेको छ। देशभर ७५३ वटा स्थानीय तह छन्। प्राधिकरणलाई विजुलीको महसुल नबुझाउने ३३२ को नाम र बुझाउन बाँकि बक्यौता गोरखापत्र मै छापिएको छ ।

४५ दिनभित्र महसुल नबुझाए कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ। महसुल नतिर्नेमा मुलुकको जेठो महानगर काठमाडौंसहित, पोखरा, विरगंज, ललितपुर, भरतपुर र विराटनगर महानगरपालिका समेत छन्।

यस्तै, चर्चामा रहेको धरानसहित तुल्सीपुर, जनकपुर, इटहरी, नेपालगन्ज, वीरेन्द्रनगर, वुटवल र हेटौंडा उपमहानगरले पनि विद्युत महसुल बुझाएका छैनन् ।

अर्बको बजेट चलाउने नगर तथा गाउँपालिकाहरु यसरी विद्युत महसुल नतिर्ने सूचीमा परेका छन् । काठमाडौं महानगरले मात्रै बालाजु, बानेश्वर, रत्न्नपार्क, कीर्तिपुर र कुलेश्वर वितरण केन्द्रको गरी एक अर्ब ७८ करोड बढी बक्यौता बुझाउन बाँकी छ । उपत्यका कै अर्को महानगर ललितपुरको २४ करोड ४१ लाख बक्यौता छ ।

सबै स्थानीय तहको गरेर ६ अर्ब भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले सूचनामार्फत जनाएको छ। प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी सडकबत्ती जडान नगर्न समेत आग्रह गरेको छ। अनधिकृत रुपमा राखेका सडकबत्ती प्राधिकरणले हटाउने चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*