बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा त्रिवेणी गाउँपालिकाामा अन्तक्रिया कार्यक्रम सम्पन्न

११ मंसिर २०८०, सोमबार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको आयोजनामा त्रिवेणी गाउँपालिका, जुगार रोल्पासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्राधिकरणको लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाको सभापतित्व कार्यक्रममा सम्पन्न भएको हो ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा मगर प्रमुख अतिथी रहेको कार्यक्रममा बिशेष अतिथी को रुपमा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत मिनराज भट्टराईको उपस्थितीमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

प्राधिकरणका मानबहादुर चौधरीले उक्त कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी रकम समयमा नै नगरेको, एउटै जग्गामा बिभिन्न खालको खेती गरेको बालीनालीको बीमा हुने वा नहुने, बीमा दाबी भुक्तानी लिन बीमित स्वंयम भौतिक रुपमा उपस्थित हुन पर्ने वा नपर्ने, नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपंक्षीको बीमा गर्न जिल्ला तोकिएको कम्पनीले शाखा कार्यालय स्थापना नगरेको साथै बीमा सेवा प्रदान नगरेको, कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी बीमितले कति समय भित्र गर्नुपर्ने बिषयमा प्रश्नहरु कार्यक्रममा सहभागीहरुले राखेका थिए ।

प्रमुख अतिथी तथा त्रिवेणी गाउँपालिकाका अध्यक्षले कार्यक्रममा बीमकहरुको उपस्थिती नभएकोले कृषि तथा पशुपंक्षी र अन्य बीमा गर्न कठिनाई भएकोले सो कार्यलाई सहजीकरण गरिदिन नेपाल बीमा प्राधिकरणलाई आग्रह गरेका छन् ।

पालिकाले कृषि तथा पशुपंक्षी बीमामा थप १० प्रतिशत अनुदान दिने, कृषिबाली तथा तरकारी खेती बढी उत्पादन गर्ने भएकाले बीमाको महत्व रहेको बताए ।
पालिकाले नेपाल बीमा प्राधिकरण तथा बीमकसंगको सहकार्यमा आगामी दिनमा यहाँको भौगोलिक अवस्थालाई हेरेर बीमा नीति बनाउने प्रतिबद्दता जाहेर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*