प्रभु महालक्ष्मी लाइफको शेयर कारोबार भोलि मंगलबारबाट खुल्दै, प्रतिकित्ता मूल्य कति ?

२ पुष २०८०, सोमबार २२:०४

काठमाडौं । मर्जरपछि बन्द रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर भोलि मंगलबारदेखि नेप्सेमा कारोबा हुने भएको छ । मर्जरपछि प्रभु महालक्ष्मी लाइफको नाममा नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा सूचिकृत भएको साविकको प्रभु लाइफ र सूचिकृत नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जभएपछि बनेको प्रभु महालक्ष्मीको ४ करोड २९ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले पुस १ गते सूचिकृत गर्ने निर्णय भएको आज जनाएको छ ।

उक्त सेयर मंगलबार अर्थात पुस ३ गते देखि करोबार हुनेछ । दुई कम्पनी १ः१ रेसियो एक आपसमा मर्ज भएका थिए । लामो समय रोकिएको सो कम्पनीको शेयर आज सूचिकृत भएसँगै अब कारोबार खुल्ने भएको छ ।

भोलिदेखि कम्पनीको शेयर मूल्य यसअघि बन्द हुनुपूर्वको ५८७ रुपैयाँबाट सुरु हुनेछ । प्रभु लाइफ जुन १, २०२१ मा नेप्सेमा सूचिकृत भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*