माघ महिनाको पहिलो दिन सुनको भाउमा बृद्धि, कतिमा हुँदैछ कारोबार?

१ माघ २०८०, सोमबार ११:२२

काठमाडौं । माघ महिनाको पहिलो दिन नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँ प्रतितोला निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । यसदिन चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*