नेपाल क्लियरिङ हाउसको सिष्टम डाउन, राजस्वमा न्यून असर

१ माघ २०८०, सोमबार १५:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकको १० प्रतिशत लगानी रहेको नेपाल क्लियरिङ हाउसको सिष्टम डाउन हुँदा राजस्व उठाउन सकस भएको छ।

करदाताले एनसिएचएलको कर्पोरेट पेबाट राजस्व दाखिला गराउन सकेका छैनन्। घण्टौंसम्म कर्पोरेट पे नखुल्दा राजस्व दाखिला गर्न समस्या भएको करदाताहरुले बताएका छन्।

बिहानैदेखि एनसिएचएलको सिष्टममा समस्या उत्पन्न हुँदा कर संकलनमै समस्या भएको आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए।

सरकारले आफ्नो सिष्टम प्रभावकारी बनाउन नसक्दा त्यसको मार करदाता तथा उपभोक्ताले खेप्नु परेको छ। वाणिज्य बैंकको ९० प्रतिशत र सरकारको १० प्रतिशत लगानीमा एनसिएचएल खुलेको हो। त्यही एनसिएचएलको सिष्टमले काम नगर्दा अहिले समस्या उत्पन्न भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*