ट्राफिक प्रहरीलाई नेपाल लाइफको सहयोग

१२ माघ २०८०, शुक्रबार १०:५९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ट्राफिक प्रहरीलाई सहयोग गरेको छ । कम्पनीले प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोशराज पोखरेललाई १८ लाख रुपैयाँ १९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न चेकजाँचलाई व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताए ।

चेकिङ बोर्डहरुको प्रयोग निरन्तर र थप प्रभावकारी बनाउन पाँच वर्षसम्म आवश्यक मर्मत सम्भारसमेत गर्ने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

यसका साथै आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तयार रहेको पराजुलीले बताए ।

कम्पनीले गरेको यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथै ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन सहयोग पुग्ने प्रहरी नायव महानिरिक्षक पोखरेलले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*