स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

४ फाल्गुन २०८०, शुक्रबार १४:०४

काठमाडौं । स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीआ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २७ गते साधारण सभा बोलाएको हो । सभा उक्त दिन प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने भएको छ ।

सभाले आईपीओको अलवा गत आर्थिक वर्ष २०७९– ८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नेछ । साथै सभाले चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि पारित गर्ने एजेण्डा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*