कृषि विकास बैंकमा ११२ जनालाई रोजगारको अवसर, आवेदन दिने आज अन्तिम दिन

१ चैत्र २०८०, बिहीबार ११:४७

काठमाडौं । कृषि विकास बैंकले ११२ जनाका लागि खुला गरेको दरखास्तमा आवेदन दिने आज (चैत्र १ गते) अन्तिम दिन रहेको छ । बैंकले फागुन ११ गते एक सूचना प्रकाशित गदै दरखास्त आह्वान गरेको थियो ।

बैंकले शाखा प्रमुख र वरिष्ठ लेखा अधिकृतमा दुई–दुई जना, व्यवसाय अधिकृतमा ३२ जना, कम्प्युटर अधिकृतमा दुई तथा ईन्जिनियर आईटीमा एक जना, कर्जा अधिकृतमा ६ जना, व्यवसाय सहायकमा १६ जना, कानून सहायकमा एक तथा कर्जा सहायकमा तीन जना, ओभररियरमा एक र लेखपालमा ४६ जना कर्मचारी माग गरको छ ।

आवेदन दिन इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आज कार्यालय समयसम्म आवेदन दिन पाउनेछन् । साथै, दोब्बर दस्तुर तिरी चैत्र ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*