प्रतिनिधि सभाः सहकारी ठगीमा मुछिएकालाई गृहमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग

१ चैत्र २०८०, बिहीबार १२:१०

काठमाडौँ । आज प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए।

सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे । नेपाली कांग्रेसले विवादमा मुछिएका सांसदहरुलाई मन्त्री बनाईएको भन्दै सरकारसँग जवाफ माग गरेको छ।

आजकोे बैठकमा नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरिन्।

यता, नेपाली कांग्रेसकी सांसद सीता मिजारले गृह प्रशासनको बागडोर सम्हालिरहेका रवि लामिछानेमाथि गम्भीर नैतिक प्रश्न उठेको बताएकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*