आइएमई लाइफका एमडिआरटी बिजेता बीमा अभिकर्ताहरुको भव्य सम्मान

२ चैत्र २०८०, शुक्रबार १५:३१

काठमाडौं । बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि कम्पनीले दिएको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी लक्ष्य पुरा गर्ने सबैको सपना हुन्छ ।

एमडिआरटी लक्ष्य पुरा नगर्ने सपना देख्ने बीमा अभिकर्ताहरु कमै मात्र हुन्छन् । यसो नहोस पनि किन ? किनभने एमडिआरटी लक्ष्य पुरा गरेपछि उनीहरुले पाउने अन्तर्राष्ट्रिय प्लेटफर्म त छदैछ, नेपालमा पनि विभिन्न तालिम, सेमिनार र फोरमहरुमा सहभागी हुन पाउने हुँदा निकै नै महत्वपूर्ण छ ।

यस पटक आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ताले यस्तै एउटा ऐतिहासिक अवसरमा सहभागी हुने मौका पाएका छन् । बीमा अभिकर्ताहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकासमा सधैं अग्रसर रहँदै आएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुलाई फुकेटमा भव्य र ऐतिहासिक समारोहका बीचमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कृत गरेको छ ।

सन् २०२३ को अवधीमा एमडिआरटी बिजेताहरु बीमा अभिकर्ता तथा एजेन्सीहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । मार्च ६ देखि ११ गतेसम्म फुकेटमा आयोजना भएको कार्यक्रममा देशैभरिबाट एमडिआरडी बिजेता भएकाहरुलाई पुनर्ताजगी तालिमसहित विशेष सम्मानसहित विशेष सम्मान प्रदान गरिएको हो ।

सन् २०२३ को जनवरीदेखि डिसेम्वर अन्तिम दिनसम्म एमडिआरटीको लागि तोकिएको लक्ष्य पूरा गर्ने बीमा अभिकर्ताहरु एमडिआरटीलाई सो कार्यक्रममा सहभागी गराइएको थियो । यसरी छनौट भएका अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको हो । सो कार्यक्रममा एमडिआरटी, सिओटी र टिओटी बिजेताहरु सहभागी भएका थिए ।

नेपालमा अभिकर्ताहरुमा लागि एमडिआरटी जीवनकै सपना बनेको छ । बीमा अभिकर्ताको काम गर्दै गर्दा के बन्ने त भन्नेहरुमा लागि यसले ठुलो हौसला प्रदान गर्ने गरेको छ । त्यसमा पनि एमडिआरटी बनेका अभिकर्ताहरुले विश्वव्यापी मान्यता पाउने गर्छन् । उनिहरु एमडिआरटी सम्मेलनमा समेत सहभागी हुन पाउने भएकाले अभिकर्ताहरुका लागि यो आकर्षक लक्ष्य बन्ने गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा अभिकर्ता कम्पनीका मेरुदण्ड भएकोले उनीहरुकै अथक मेहनत, परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कम्पनी बनाउन अभिकर्ताहरुको थप भूमिका आवश्यक रहेको बताएका थिए । सम्मान कार्यक्रममा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल तथा उच्च पदाधिकारी र एमडिआरटी बिजेताहरुको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*