सिआईबीले सांसद विनोद चौधरीको भाई वसन्तलाई गराए घटना विवरण कागज

७ चैत्र २०८०, बुधबार २१:१८

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सासद एवं उधोगी विनोद चौधरीका भाई व्यवसायी वसन्त चौधरीलाई घटना विवरण कागज गराएको छ ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको सीआईबीले जनाएको छ ।

सीआईबीले यसअघि उनका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । बाँसबारीको जग्गा च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ । चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुण चौधरीले निजीकरण गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ संचालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा फिर्ता ल्याउने डिल्लीबजार मालपोत कार्यालयले चाँदबाग रेसिडेन्सी प्रालिलाई म्याद काटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*