सरकारी जग्गा कब्जा गरेको ४२ बर्षपछि कठघरामा उभिए अर्बपति बिनोद चौधरी

८ चैत्र २०८०, बिहीबार १०:३६

काठमाडौं । भनिनन्छ पाप कर्मको फल एक दिन भोग्नुपर्दछ । नेपालका एक मात्र अर्बपति बिनोद चौधरी सरकारी जग्गा हडपेको ४२ बर्षपछि बयान दिन कठघरामा उभिएका छन । आज विहान नेपाल प्रहरीको सिआईबीले दुई घण्टा लामो बयान लिएको छ । सो क्रममा व्यवसायी चौधरीलाई सिआईबीले बाँसबारी जग्गा काण्डको सम्बन्धमा सोधपुछ गरी बयान लिएर उनले गरेको बयान बमोजिमको कागजातमा हस्ताक्षर गरेर छोडेको छ ।

आज विहान ८ः०० बजेदेखि दुई घण्टा लामो बयान दिएका चौधरीको बयान सम्बन्धी कागजात बाहिर आइसकेको छैन । तर, ४२ बर्षअघि सरकारी जग्गा कब्जा गर्ने उद्देश्यले बाँसबारी छालाजुत्ता काराखानासँग गरेको सम्झौता र यसको सेरोफेरोमा रहेर बयान लिएको बताइएको छ ।

बयान लिएपछि बाहिरिने क्रममा छोरासँगै देखिएका छन् । फोब्र्सको सूचिमा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीका बुवा लुनकरनदास चौधरी र बिनोद चौधरीको नाममा सम्झौता गरी बाँसबारी छालाजुत्ता काराखाना निजिकरण गरिएको थियो ।

सो काण्डमा चौधरीका बाबुछोराले बाँसबारी छालाजुत्ता कारखानाको मेशिन भारतलाई बिक्री गरी जग्गा कब्जा गरेका थिए ।

चिनियाँ सहयोगमा स्थापित बाँसबारी छालाजुत्ताको मेशिन भारत पुर्याएर चिनियाँ जुत्ता बनाउने प्रविधि भारतीयलाई हस्तान्तरण गरेर समेत ठूलो फाइदा उतिबेला चौधरी समुहले लिएको थियो ।

अपराध गरेको ४२ बर्षपछि अन्ततः चौधरी ग्रुपका अध्यक्ष तथा नवलपरासीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीले सरकारी कठघरामा उभिएर बयान दिएका छन् । बयानमा उनले भ्रष्टाचार नगरकोे दावी गरेका छन् । यद्यपि सरकारी अनुसन्धानमा चौधरी ग्रुपले सो काण्डमा मात्रै करिब तीन अर्ब घोटाला गरेको देखिएको छ ।

अब प्रहरीले आवश्यक थप अनुसन्धान गरी दोषी किटान गरी मुद्दा दर्ता गर्नेछ । अदालतमा समेत सेटिङ गर्न माहिर चौधरी समुहको सेटिङ चलेन भने मात्रै बिनोद चौधरी जेल जानेछन्, अन्यथा मुद्दा ढिसमिस हुनेछ ।

तस्विर सौजन्यः रातोपाटी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*