बयान दिए लगत्तै श्रींलका उडे अर्बपति विनोद चौधरी

८ चैत्र २०८०, बिहीबार १७:०६

काठमाडौँ । बाँसबारी जग्गा प्रकरणमा बयान लिएको ६ घण्टा नबित्दै अर्बौपति विनोद चौधरी श्रींलका उडेका छन् । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति चौधरीले बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएका थिए ।

दिउँसो २ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत चौधरी श्रीलंका गएका हुन् । चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा बयान लिइएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेउनी माथि अनुसन्धान भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*