भोलि काठमाडौँका १३ स्थानमा विद्युत आपूर्ति बन्द हुने

९ चैत्र २०८०, शुक्रबार १५:२०

काठमाडौँ । भोलि (चैत १० गते) काठमाडौँका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौँ १३ स्थानमा विद्युत सेवा बन्द हुने भएको हो ।

प्राधिकरण प्रणाली सञ्चालक विभागले टेकु सबस्टेसनमा १३२।११ के.भी, ४५ एम.भि.ए ट्रान्सफरमर १ र २ लाई गर्नका लागि टेकु सवस्टेसनबाट आपूर्ति हुने सेवा बन्द हुने भएको हो ।

भोलि बिहान ११ बजेदेखि १ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*