न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेश गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

१९ चैत्र २०८०, सोमबार १४:५३

काठमाडौं । न्यारोबडी जहाज खरिद प्रक्रियासम्बन्धमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको हो ।

न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गर्ने बताउँदै न्यारोबडी जहाज खरिद सम्झौताका समय भएका सबै प्रक्रिया बारे पनि पेस गर्न निर्देशन दिएको हो । परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके थप कारबाहीका लागि बाध्य हुने समितिले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*