नेवानि र क्यानभित्रका अनियमितता छानविन गर्न छुट्टै उपसमिति बनाउन सांसदहरुको माग

१९ चैत्र २०८०, सोमबार १७:४३

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) र नागरिक उड्डयन प्राधिकरण (क्यान)का गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले वायुसेवा निगम र प्राधिकरणका विषयमा बारम्बार छलफल भए पनि परिमाण आउन नसकेको भन्दै छुट्टै उपसमिति बनाएर अध्ययन गर्नुपर्ने माग राखेका हुन् ।

उनीहरुले समितिमा लामो समयको अन्तरालमा छलफल हुने तर निचोड नआउने भएकाले उपसमितिमार्फत निगम र प्राधिकरणका गतिविधि अध्ययन र छानविन गरी सुझाव दिन सहज हुने बताए । सांसदहरुले समितिले नेपाल वायुसेवा निगमका कमजोरी सुधार्न पर्यटन मन्त्रीलाई जिम्मेवार बनाउन आवश्यक रहेको आवश्यकता औंल्याए ।

उनीहरुले राष्ट्रिय ध्वाजवाहक निगम संधै भ्रष्टाचारको अखडा बन्न नहुने बताए । सांसदहरुले आवश्यकता भन्दा पनि स्वार्थपूर्तिको लागि निगमलाई धरासायी बनाउने काम रोक्नु पर्नेामा जोड दिए । सांसदहरुले राष्ट्रिय ध्वाजवाहक निगमलाई थप सुदृढ र पारदर्शी बनाएर हवाई यात्रालाई सहज र सहुलियत दिने बनाउन सुझाव दिए ।

केही सांसदले सोल्टी होटलको शेयर बिक्री र न्युरोडको जग्गा बेचेर रकम हिनामिना गर्ने माध्यम बन्ने गरी काम गर्न नहुने बताए । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले समितिले नेपाल एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भइरहेका गतिविधिको विषयमा अध्ययन गर्न छुट्टा छुट्टै उपसमिति बनाउन माग गरे । समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद देविप्रकाश भट्टचनले निगमका अध्यक्षलाई सोल्टी होटलको शेयर बिक्री गर्ने जिम्मा आफूहरुलाई दिन आग्रह गरे ।

उनले शेयर बिक्री गरेर पैसा निगमलाई दिने बताए । सांसद भट्टचनले नेपाल वायुसेवा नियमलाई ३ अर्ब रुपैयाँ बराबरको रकम सोल्टीको शेयर बेच्दा जम्मा हुने बताए । उनले निगमले वार्षिक रुपमा ३० करोड घाटा व्यहोरिरहेको बताए ।
सोल्टी होटललाई क्याटिङको जिम्मा दिएको भन्दै कुन मापदण्डमा दिएको हो ? भन्दै प्रश्न गरे। उनले संस्थापक शेयर बिक्री गर्न मिल्दैन भन्ने अध्यक्षलाई भ्रम परेको हुनसक्ने भन्दै शेयर बेच्ने अधिकार अध्यक्षको भएकाले स्वीकृत दिए बेचेर पैसा दिन तयार रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सोल्टी होटलको शेयर र जग्गा बेचेर पैसा केही नगरी पैसा सकाएपछि के गर्ने भन्ने थप समस्या आउने बताए। उनले शेयर, जग्गा बेचेर ऋण तिर्ने र निगमलाई सुधार गर्नेकुरा भन्दा पहिला ५० अर्ब घाटामा गएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताए ।

एमाले सचेतक सुनिता बरालले निगमको जहाजको लागि सामान्य पार्टहरु बिग्रँदा पनि उपलब्ध नहुने अवस्थामा निगम पुगेको बताइन् । उनले यस्ता कुराहरुले नेपाल एअरलाइन्स कसरी विश्वासनिय हुन्छ ? भन्दै प्रश्न गरिन् । उनले निकट काट्न खोज्दा कतै टिकट नपाउने तर जहाज खाली उडान भर्ने अवस्था रहेको बताइन् ।

उनले नेपाल एअरलाइन्सलाई विश्वसनीय र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताइन् । विश्वासनिय र प्रविधिमैत्री बनाउन निगमलाई के समस्या छ ? भन्नेकुरा समितिलाई जानकारी दिनुपर्ने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*