आयल निगमले तोक्यो लिखित परीक्षाको केन्द्र
२० चैत्र २०८०, मंगलवार १२:४६
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको लोकसेवा आयोगबाट लिइने निगमको आन्तरिक तथा खुला÷समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रम तथा केन्द्र निर्धारण गरिएको छ ।
गत मंसिर १५ गते प्रकाशित निगमको पदपूर्ति सम्बन्धी सूचना नम्बर ६÷२०८०।८१ र ७÷२०८०।८१ अनुसार विभिन्न विज्ञापन नम्बर, पद, सेवा÷समूह, तहको आन्तरिक तथा खुला÷समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको मिति समय र स्थान तोकिएको हो । परीक्षा कार्यक्रम वैशाख ६ गतेदेखि सुरु हुनेछ ।