ग्लोबल आइएमई बैंकले ऋणीको धितो लिलामी गर्ने

२० चैत्र २०८०, मंगलवार १३:१६

काठमाडौं । ग्लोबल आइएमई बैैंकले विभिन्न ऋणीको नाममा धितो रहेको सम्पत्ति लिलामी गर्ने भएको छ । बैंकले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो सम्पत्ति खरिदको लागि योग्य व्यक्ति तथा संस्थाले ७ दिन भित्र आवेदन दिन आग्रह गरेको हो ।

बैंकले उक्त धितो सम्पत्ति जुन ठाँउमा जस्तो प्रकारको मूल्य रहेको छ सोही अनुसारको मूल्यमा बिक्री गर्ने भएको कारण गोप्य शिलबन्दी आवेदन दिने व्यक्ती तथा संस्थाले सोही अनुसारले आवेदन दिनु पर्ने भएको छ ।

बैंकबाट कर्जा लिई चुक्ता नगरेपछि बैंकले धितो लिलामीको ७ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ । धितोमा रहेको उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको शर्तहरुको अधिनमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिनुपर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*