ताइवानमा २५ वर्षयताकै शक्तिशाली भुकम्प, ठुला–ठुला भवनमा क्षति (तस्वीर)

२१ चैत्र २०८०, बुधबार ११:२६

काठमाडौं । ताइवानमा बुधबार २५ वर्ष यताकै शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्ने अपेक्षा सम्भावना भएकाले स्थानीयहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न भनेको छ ।

भूकम्पले घर लगायतका भवन भत्किएका छन् । मानिसहरुलाई भग्नावशेषबाट उद्धार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। भूकम्प गएसँगै ताइवान र आसपासका छिमेकी देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्।

भूकम्पका कारण जापानको दक्षिण(पश्चिमी क्षेत्रमा ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*