राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैनः अर्थमन्त्री पुन

२१ चैत्र २०८०, बुधबार १७:४४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नहुने बताएका छन् । सिंहदरबारस्तिथ अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए ।

अर्थमन्त्री पुनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधै तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नदिने आश्वासन पनि दिए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*