बक्यौता नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

२३ चैत्र २०८०, शुक्रबार १२:१९

काठमाडौँ । बक्यौता नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने विद्युत प्राधिकरणको चेतावनी दिएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पटक पटक विद्युत् महसुल भुक्तानी गर्न आग्रह गर्दा पनि केही स्थानीय तहले अझ भुक्तानी नगरेकोले जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो ।

प्राधिकरणले यसअघि गत चैत १६ गते सार्वजनिक सूचना मार्फत् सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महशुल भुक्तानी गर्न भनेको थियो। केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता पनि प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*