हाइड्रोपावरका ६० लाख लगानिकर्ता जोगाउनका लागि उर्जा विधेयक पारित हुनुपर्छ: सांसद सिंह

२६ चैत्र २०८०, सोमबार १८:४४

काठमाडौं । सांसद दिपक बहादुर सिंहले शेयर बजारका ६० लाख लगानिकर्ताका लागि उर्जा विधेयक बन्नु पर्ने बताएका छन् । इप्पानले आयोजना गरेको ‘वातावरणीय प्रभाव मूल्यांकन: प्रक्रिया, उपदेहिता र दीर्घकालीन महत्व’ सम्बन्धि कार्यक्रम यस्तो बताएका हुन् ।

उनले भने, हाइड्रोपावरमा ६० लाखले लगानि गरेका छन् । उनिहरुलाई जगाउनेलाई भएपनि उर्जा विधेयक पारित हुनुपर्छ’

उर्जा विधेयक सबैको राय सुझाव समेटेर आएको सिंहले बताए । हाईड्रोपावरका ब्यबसायीलाइ अनेक बाधा अवरोधमा अल्झाउने हो भने उर्जा उत्पादन माथि उठ्न नसक्ने उनले बताए ।

अहिलेको सरकारको प्रमुख दायित्व भनेको दक्ष जनशक्ति स्वदेशमा रोक्नु पर्ने उनले बताए । अब आउने उर्जा विधेयक सबैको हितमा आउने उनले बताए । उनले भने, अबको उर्जा विधेयक सबै हाइड्रोपावर व्यवसायीको हितमा आउछ । यो देश बाचेको भनेको नै उर्जाले हो । उर्जामा रहेका बाधा फुकुवा गर्नु पर्छ । उर्जा उत्पादन बढाउन नसके देशमा हाहाकार आउछ’ ।

निर्माण व्यवसायीलाई सरकारले भुक्तानी नदिएकोमा सांसद सिंहले गुनासो गरे। दुध किसानले समेत पैसा नपाउनु दुखत बिषय रहेको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*