नयाँ वर्ष २०८१ सुरु, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

१ बैशाख २०८१, शनिबार ०८:२०

काठमाडौं । आजदेखि नेपालीहरुको नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको अवसरमा आम जनमानसले आपसमा सद्भाव, मित्रतासाथ शुभकामना आदान प्रदान गरेर भव्य रुपमा मनाइरहेका छन् ।

नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्ष २०८१ को भव्य रुपमा स्वागत गर्दै मनाइरहेका छन् । नयाँ वर्षकै अवसरमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेललगायतले देशबासी नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् । त्यस्तै, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी तथा डा.रामवरण यादवले पनि शुभकामना सन्देश दिएका छन् ।

नयाँ वर्षकै सन्दर्भमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, उपप्रधानमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछाने, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि शुभकामना सन्देश दिएका छन् ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । बिक्रम सम्वत इस्वी सम्मत भन्दा पनि पुरानो सम्वत हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी बिक्रम सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।

नयाँ वर्षको अवसरमा बीमापोष्ट परिवारको तर्फबाट हाम्रा समस्त पाठक बर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा सरकारी तथा नियामक निकायहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*