मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
४ बैशाख २०८१, मंगलवार १०:३६

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज मात्र सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।