नेपाली ईभी बजारमा आयो ६२० किमी रेन्ज दिने प्रिमियम एसयूभी, हेर्नुहोस् यी १६ तस्बिर

६ बैशाख २०८१, बिहीबार १९:०७

काठमाडौं । स्काईवेल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रिमियम लक्जरी ईभी एसयूभी गाडी नेपाली ईभी बजारमा सार्वजनिक गरेको छ । बिहीबार अर्थात् बैशाख ६ गते एक कार्यक्रमको आयोजना गर्दै ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ईभी एसयूभी गाडी नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त अवसर पारेर राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुम पनि उद्घाटन गरेको छ । ६२० किलोमिटर रेन्ज दिने यो गाडीको डेलिभरीको सुरु भएको जी मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । उनका अनुसार प्रिमियम लक्जरी ईभी एसयूभी गाडी करिव ९ थान डेलिभरी भइसकेको छ ।

नाडा अटो शोबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात कम्पनीले गरेको थियो । यो ईभी गाडी खरिद गर्न चाहने ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा ल्याएको गेलालले बताए । उक्त सेवा वैशाख महिनासम्म मात्र लागू हुनेछ । ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) भएको यस गाडीमा १५० किलोवाट मोटर क्यापासिटी रहेको छ । गाडीमा अटो पार्किङ्ग, मेट्रीक्स लेजर हेडलाईट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर साथै फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ आदि आधुनिक फिचरहरू रहेका छन् ।

स्काईवेल ईटी छमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै, यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यसको टप स्पिड १६० प्रतिघण्टा भन्दा बढी छ । जसको मूल्य कम्पनीले १ करोड ९ लाख रुपैयाँ तोकेको छ ।

 

 

६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी नेपाली बजारमा, यस्ता छन् फिचर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*