हकप्रद प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो एसजीएम, बुक क्लोज कहिले?

२० बैशाख २०८१, बिहीबार १०:१३

काठमाडौं । हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा आउदो जेठ ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात् १० शेयर बराबर ४ शेयर अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी बढ्ने हुँदा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा वैशाख २६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*