जलेश्वर नगरपालिकाका मेयर,उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२७ बैशाख २०८१, बिहीबार १४:०४

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर(उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ ।

जलेश्वर नगरपालिका- १ स्थित हाटबजार क्षेत्रमा ०७९र८० मा गरिएको ढलानमा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव(इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई प्रतिवादी बनाएको हो ।

अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत छैटौं झाले पीसीसी ढलान योजनाको वास्तविक भए गरेको भन्दा उपभोक्तालाई बढी भुक्तानी दिएका थिए । ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको भन्दै आयोगले सो बमोजिमको बिगो जरिवाना दाबी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*