कृषिमा लगानीको दशक घोषणा

१ जेष्ठ २०८१, मंगलवार १६:०१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् ।

कृषि, पशु र वनको अन्तरसम्बन्ध स्पष्ट हुने गरी भूउपयोगमा आधारित कृषि प्रणाली विकास गर्ने सरकारले घोषणा गरेको हो ।

प्रमुख खाद्यान्न बाली र तरकारीमा आत्मनिर्भर हुने गरी कार्यक्रम पुनर्संरचना गर्ने सरकारले घोषणा गरेको छ । कृषियोग्य भूमिको संरक्षण गर्नै भन्दै सरकारले चक्लाबन्दी योजना सुनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*