सरकारको सार्वजनिक ऋण करिब २४ खर्ब नजिक

१३ जेष्ठ २०८१, आईतवार १५:१६

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०।०८१ अनुसार आन्तरिक ऋण ४९ दशमलव ६ प्रतिशत र बाह्य ऋण ५० दशमलव ५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म संघीय सरकारले १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५६ करोड बाह्य ऋण परिचालन गरेको छ ।

सरकारले यस अवधिमा अनुदान र ऋण गरी जम्मा १ खर्ब १ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायतको प्रतिवद्धता समेत प्राप्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*