अझै २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

१३ जेष्ठ २०८१, आईतवार १६:१२

काठमाडौँ । नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ ।

ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबी २४.६६ प्रतिशत र शहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको छ । पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीको दरलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य लिएको भए पनि कोभिड–१९ महामारी र विश्व परिघटनाबाट आपूर्ति श्रृङ्खलामा परेको प्रभावको कारण निरपेक्ष गरिबीको दर उच्च रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*