यो वर्ष विद्युत महसुल बक्यौता ४४ अर्ब ३२ करोड

१३ जेष्ठ २०८१, आईतवार १८:०७

काठमाडौँ । गत वर्षको तुलनामा यो वर्ष विद्युत महसुल बक्यौता १०.४८ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड पुगेको छ । महालेखा परिक्षकको ६१औं प्रतिवेदन अनुसार यस्तो बताएको हो ।

उक्त रकममध्ये ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनुपर्ने २१ अर्ब ८८ करोड रहेको छ । सो रकम कुल बक्यौताको ४९.३६ प्रतिशत देखिन्छ ।

साथै सडक बत्तीको ६ अर्ब २ करोड असुल गर्नुपर्ने देखिएको छ । सडक बत्तीको बक्यौतामध्ये रू.१ अर्ब ७९ करोड काठमाडौं महानगरपालिकाको बक्यौता रहेको छ । बक्यौता रकम असुल गर्ने एवं ट्रङ्क तथा डेडिकेटेड बक्यौता सम्बन्धमा आवश्यक समन्वय गरी असुल गर्नुपर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*