महिला आर्थिक पत्रकार संघ (फेजा) र नेपाल उद्योग परिसंघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ जेष्ठ २०८१, आईतवार २०:१५

काठमाडौं । महिला आर्थिक पत्रकार संघ ९फेजा० र नेपाल उद्योग परिसंघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइतवार परिसंघको थापाथली, काठमाडौंमा रहेको कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रको समस्या र आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको छ । कोभिड पछिको अर्थतन्त्रको अवस्थाबाट निजी क्षेत्र मात्र नभएका देशका हरेक क्षेत्र प्रभावित भैरहेको अवस्थामा आगामी बजेटले समाधानको बाटो खोज्नुपर्नेमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जोड दिएका छन् ।

उनले निजी क्षेत्रलाई आर्थिक रुपमाभन्दा पनि नीतिगत सहुलियतमार्फत आगामी बजेटले सम्बोधन गर्नुपर्ने तर्क गरे । उनले नीतिगत स्थिरतामा समेत सरकारले ध्यान दिने विश्वास व्यक्त गरे ।

आगामी बजेटको आकार पूजीगत खर्चका हिसाबले ठुलो हुनुपर्ने भनाई अग्रवालको छ । परिसंघले सरकार समक्ष विभिन्न ५ ऐनहरू खारेज गर्नुपर्ने र विभिन्न २८ ओटा ऐन तथा नियमावली संशोधन गर्नुपर्ने माग अघि सार्दै आएको छ ।

विदेशी विनिमय ९नियमित गर्ने० ऐन , २०१९ को दफा १० ९क० बमोजिम नेपाल राष्ट्र बैकको सार्वजनिक सूचना , पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ र भुक्तानी सुरक्षण ऐन ल्याउनुपर्ने माग समेत परिसंघको रहेको छ । परिसंघका अध्यक्ष अग्रवालले पुराना ऐन कानुनलाई समयसापेक्ष बनाएर लैजानुपर्ने माग गरेका हुन । देशको अर्थतन्त्रलाई सुधार गर्न आन्तरिक उत्पादन र प्रबद्र्धनमा समेत परिसंघका अध्यक्ष अग्रवालले जोड दिएका छन् ।

देशको समग्र अर्थतन्त्रमा विकास भयो भने देशको सबै क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने विश्वास समेत अध्यक्ष अग्रवालको छ । आगामी आर्थिक वर्षको बजेटको आकार पूँजीगतका हिसाबले ठुलो हुनुपर्ने धारणा समेत अग्रवालले राखे । कार्यक्रममा फेजाकी अध्यक्ष शर्मिला ठकुरीले आफ्नो संस्थाले आर्थिक पत्रकारितामा सक्रिय महिला पत्रकारहरूको क्षमता विकासका लागि काम गर्ने जानकारी दिइन् ।

पत्रकारितमा महिलाको सहभागीता संख्यात्मक हिसाबमा बढ्दै गएको अवस्थामा उनिहरूको क्षमता बृद्धिले आर्थिक पत्रकारितामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत फेजाकी अध्यक्ष ठकुरीले व्यक्त गरिन । महिला पत्रकारहरूको नेतृत्व विकासमा पनि फेजाले जोड दिने भएकाले आर्थिक पत्रकारीताको नेतृत्व तहमा महिलाको सहभागिता समान गराउने उदेश्यलाई समेत फेजाकी अध्यक्ष ठकुरीले प्रष्ट पारिन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*