ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल २१ अर्ब ८८ करोड रुपैयाँ असुल गर्न महालेखाको निर्देशन

१३ जेष्ठ २०८१, आईतवार २०:१८

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल असुल गर्न निर्देशन गरेको छ । आइतबार ६१औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो ।

महालेखाले ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनु पर्ने २१ अर्ब ८८ करोड रुपैयाँ बक्यौता असुल गर्नु पर्ने भएकोले यस विषयमा आवश्यक समन्वय गरेर असुल गर्न भनेको हो ।

‘गत वर्षको तुलनामा यो वर्ष विद्युत महसुल बक्यौता १०.४८ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड पुगेको छ । उक्त रकममध्ये ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनुपर्ने २१ अर्ब ८८ करोड रहेको छ’ प्रतिवेदनमा भनेको छ ।

सो रकम कुल बक्यौताको ४९.३६ प्रतिशत देखिन्छ। साथै सडक बत्तीको ६ अर्ब २ करोड असुल गर्नुपर्ने देखिएको छ । सडक बत्तीको बक्यौतामध्ये १ अर्ब ७९ करोड काठमाडौं महानगरपालिकाको बक्यौता रहेको छ । बक्यौता रकम असुल गर्ने एवं ट्रङ्क तथा डेडिकेटेड बक्यौता सम्बन्धमा आवश्यक समन्वय गरी असुल गर्नुपर्ने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*