आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा धेरै

१४ जेष्ठ २०८१, सोमबार ०९:३६

काठमाडौं । नेपालमा आधारभूत तहमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०।८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य देखाएको हो ।

शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१–५) मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा महिला शिक्षकको संख्या ७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

यता, माध्यामिक तह (कक्षा (९–१२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले औंल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*