दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण

१४ जेष्ठ २०८१, सोमबार १०:२२

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जनामा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०।८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ पाइएको तथ्यांकले देखाएको छ । यो चालु आवको फागुनसम्मको आँकडा हो ।

उक्त अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एण्टी रेट्रो भाइरल ट्रिटिमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ । गत आवको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा आवद्ध ६१ गर्भवती महिला सहित २३ हजार ७ सय ६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*