३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

१४ जेष्ठ २०८१, सोमबार १०:२५

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो।

कार्यालयले ९१ दिनको लागि ५ अर्बको नयाँ र ५ अर्ब नबीकरण गरि १० अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि ६ अर्बको नयाँ र ५ अर्ब नबीकरण गरि ११ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ ।

त्यस्तै, ३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ । यी ट्रेजरी बिल क्रमशः  भदौ ५ गते, मंसिर ११ गते र २०८२ जेट १४ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*