सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१४ जेष्ठ २०८१, सोमबार १०:४०

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सुुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज भने तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*