चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित साँस्कृतिक कार्यक्रम सम्पन्न, विभिन्न विधाका उत्कृष्ठ व्यक्तित्व सम्मानित

१४ जेष्ठ २०८१, सोमबार १६:५२

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । १७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम काठमाडौंको कमलपोखरीमा रहेको रसियन हायसमा नागरिकहरुको बाक्लो उपस्थितीमा सम्पन्न भएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सरोकारवालाको भुमिका’ विषयक अन्तरक्रिया साथै, विभिन्न व्यक्तित्वलाई सम्मान तथा जनचेतनामूलक लघुनाटक समावेशसहितका प्रस्तुतीले कार्यक्रमलाई झनै रोमान्चक बनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकारले संसद भवनमा भैरहेको गतिरोधलाई सक्दो चाँडो अन्त्य गर्नुपर्ने बताए । साथै उनले समाजमा रहेको सबै प्रकारका विभेदहरुको निराकण गर्न सरकार, सम्पूर्ण राजनीतिक दल तथा आम नागरिकहरु मिलेर अगाडी बढ्न आवश्यक रहेको समेत बताए ।

साथै, कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांगे्रसका नेता डा.मिनेन्द्र प्रसाद रिजालले पछिल्लो समय दैनिक रुपमा हजारौ विद्यार्थीहरु उच्च शिक्षाको नाममा देश छोडिरहेको कुराप्रति दुःख व्यक्त गर्दै सरकार र सम्बन्धित निकायले यस परिपाटीको अन्त्य गर्नुपर्ने बताए । ‘नेपालको अर्थतन्त्र पछिल्लो ३० वर्षमा ३५ गुणाले वृद्धि भएको छ।’ उनले भने, ‘नेपालीहरुको औशत आयु पनि वृद्धि भएको कारणले हामीहरुले आत्तिनुपर्ने अवस्था छैन्।’

प्रतिष्ठानले विभिन्न संघ संस्था मार्फत समाजमा आम नागरिकको हितमा काम गर्दै आईरहेका व्यक्तित्वहरुलाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान प्रदान गरेको छ । कार्यक्रममा प्रतिष्ठानले नागरिकहरुलाई आर्थिक बचत गराउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय, प्रविधि क्षेत्रको विकास र आईटी क्षेत्रमा गरेको उत्कृष्ठ कार्यको सम्मान गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का महासचिव तथा आईटी प्रशिक्षक चिरन्जीबी अधिकारी, नेशनल हस्पीटालिटीका प्रबन्ध निर्देशक श्याम कृष्ण जोशी, भेनस क्याम्पसका प्रमुख कृष्ण गौतम लगायतका कलाकार, पत्रकार, प्रशिक्षक, शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै हौसला बढाएको हो ।

कार्यक्रममको सभापतित्व चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले गरेका थिए । साथै, उक्त कार्यक्रममा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी प्रमुख अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा नेपाली कांगे्रसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द प्रसाद रिजाल, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृपाशुर शेर्पा, काठमाडौं महानगरपालिका वडा नम्बर ११ अध्यक्ष हिरालाल तण्डुकर, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का महासचिव तथा आईटी प्रशिक्षक चिरन्जीबी अधिकारी, लगायत विभिन्न समुदायका मानिसहरुको उपस्थिती रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा कार्यक्रममा प्रस्तुत गरिएको लघुनाटकले माओवादी जनयुद्धका बिर सहिद तथा योद्धाहरुको सम्झना आएको उपस्थित दर्शकहरुले बताए । उनीहरुले सरकारलाई ती विर सहिद तथा जनआन्दोलनमा योद्धाहरुको समस्यालाई सक्दो चाँडो समाधान गर्न समेत आग्रह गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*