चार हवाई कम्पनीद्धारा साढे २५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन

१४ जेष्ठ २०८१, सोमबार १२:४२

काठमाडौँ । महालेखा परिक्षक कार्यालयले चार हवाई कम्पनीले साढे २५ करोड रुपैयाँ कर छलि गरेको निष्कर्ष निकालेको छ । महालेखाले आइतबार सार्वजनिक गरेको ६१औं प्रतिवेदनमा चार हवाई कम्पनीले २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर छलि गरेको जनाएकोे हो ।

महालेखाले कर छलिमा लाग्ने शुल्क तथा ब्याज असुल गर्न छानबिन गर्नुपर्ने बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त विवरण अनुसार आन्तरिक राजस्व कार्यालय, पुतलीसडकमा दर्ता रहेका ४ हवाई कम्पनीले विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा निम्नानुसार कर दाखिला गरेको नपाइएकोले रू २५ करोड ६५ लाख ८१ हजार र सोमा लाग्ने शुल्क तथा ब्याज असुल गर्न छानबिन गर्नुपर्दछ प्रतिवेदनमा भनेको छ ।

आयकर ऐन, २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*